सप्तरीमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १ सय २१ पुग्यो

काठमाडौं,
वैशाख २९

सप्तरीमा थप १ जनामा कोरोनाभाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १ सय २१ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार