नुवाकोट,
वैशाख २७ ।
डिभीजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद १ लाख घुस सहित पक्राउ परेका छन् । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको बेलामा पक्राउ गरेको हो ।
सूर्यगढीगाउँपालिका ५ मा रहेको चुनढुंगाखानी सञ्चालनका लागि अनुमति माग्ने क्रममा सेवाग्राहीसँग रकम लिएको अवस्थामा डीएफओ मंगलप्रसादलाई शनिबार कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।
उक्त ढुंगाखानी तादी सिमेण्ट एण्ड लाइम ईन्डस्ट्रिज प्रा.लि.ले सञ्चालन गर्न माग गरेको थियो । थप अनुसन्धानका लागि अपराह्न डीएफओलाई काठमाडौं लगिएको छ ।
हाल डिभीजन वन कार्यालयले खानी सञ्चालन गर्न रोक लगाएको थियो ।






