प्रदेश १ का थप ८ जनाले कोरोनालाई जिते, शुक्रबार डिस्चार्ज गरिदै

विराटगर,
वैशाख २५ ।

प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।

हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् । भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको सङ्ख्या ३१ रहेको छ ।

प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार