काठमाडौं,
वैशाख २३ ।
‘जीवन सङ्घर्ष हो…’ बोलको जागरण गीत यतिबेला सार्वजनिक गरिएको छ । कोरोना भाइरसको महामारीको कारण विश्व सङ्कटको अवस्थामा रहेको बेलामा हामी सबैको आ-आफ्नो दायित्व जोडिएको हुन्छ । आफ्नो क्षेत्रबाट विचलित नभएर आफ्नो भूमिका निर्वाह गर्नु मानवीय सङ्कट निर्मूल गर्ने महत्त्वपूर्ण पक्ष मानिन्छ ।
यसै सिलसिलामा एउटा ‘जीवन सङ्घर्ष हो…’ बोलको जागरण गीतको अडियो भिडियो सार्वजनिक गरिएको छ । गीतकार प्रवल बिष्टको शब्द, सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायक सीडी विजय अधिकारीको स्वर रहेकोे छ ।
राजु कार्कीको सङ्गीत संयोजनमा तयार भएको अडियो गीतको भिडियो निर्देशन/सम्पादन वीरेन्द्र भाट विपिनले गरेका छन् । गीत गोल्डेन क्रियशनको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।






