केही रोमान्टिक मुक्तकहरु
(‘लकडाउन’को डायरीको पन्नाबाट।)
✍बिकाश दुलाल ।
काउडीपथार, विश्वनाथ, असम, भारत ।
(१)
राम्रो लाग्छ तिम्रो बानी त्यसैलेत तिमीलाई म हेरिरहन्छु
एकान्तमा बसि तिम्रो सुन्दर तस्वीर सगैँ कुरा गरिरहन्छु
गुलाफ टिपी सजाईदिनेछु बाटोमा सुस्तरी आउनु तिमी
म परेलीको ढोका खोली तिमी आउने बाटो कुरिरहनेछु ।
(२)
छोटो होस् तर मेरो आङमा तिमीलेनै बुनेको भोटो होस
मायाले भरेको पिराती जडेको दिलमा तिम्रै फोटो होस
मिठमिठा कुरा गर्दै हामी सपनाको दुनियाँमा पुग्नुपर्छ
तसैलेत भन्छु हाम्रा निम्ति एकान्तमा एउठा कोठो होस् ।
(३)
लजालु ती आँखाबाट एकपल्ट सराब पिउने रहर छ
माया गरि सिलाउन मिल्ने भए यो मन सिउने रहर छ
एक्लो एक्लो महसुस हुन्छ किन यसरी आजभोलि
तिमीलाई जीवन साथी बनाएर सँगै जिउने रहर छ ।
(४)
ओठमा मृदु मुस्कान गालामा डिम्पल चाहियो हरे
सुजुकी र अल्टो हैन फरारी सिम्पल चाहियो हरे
खै के गरेर मनाउ यो उत्ताउली चुलबुले मोरिलाई
अप्पो, भिभो हैन उसलाई दाम्मी एप्पल चाहियो हरे ।
(५)
लुगा सिएर मात्रै हुँदैन त्यसलाई खिप्न जान्नुपर्छ
फुल फुलाएर मात्र हुँदैन त्यसलाई टिप्न जान्नुपर्छ
एकछाक मीठो पकाउदैमा बुहारी कहाँ होइन्छ र
बुहारी हुन त झिसमिसैमा उठेर लिप्न जान्नुपर्छ ।
(६)
मृदु मुस्कान ओठमा हल्का लाली चाहियो हरे
अलिअलि गोरि अलिकति काली चाहियो हरे
हिजोआज भिनाजु ससुराली आउनै पो छाडे
ससुरालीमा चिटिक्क एउटाी साली चाहियो हरे ।
(७)
त्यो रूपमा टोलिन भने कस्तो कस्तो लाग्छ
तिमी सँग बोलिन भने कस्तो कस्तो लाग्छ
शायद तिमीले बुझेउ होला मैले भन्न चाहेको
मनको कुरा खोलिन भने कस्तो कस्तो लाग्छ ।
(८)
प्याउली भएर बोल्दैमा कोहि सानी हुँदैनन
दुई अक्षर जान्दैमा कोहिपनि ज्ञाानी हुँदैनन
घरको कामधन्धा सबै थोक जानेको हुनुपर्छ
टिकटकमा राम्रा हुँदैमा कोहि रानी हुँदैनन ।
(९)
मनको लड्डु घिउसँग खाए जस्तो लाग्यो
जीवनमा असल साथी पाए जस्तो लाग्यो
मेरो सामु ऊनी अचेल यसरी आउँदैछिन्
किनाराले सागरनै भेटाए जस्तो लाग्यो ।
(१०)
मनका साह्रा टेन्सन भगाएर आउ
त्यो मनमा उमँगहरू जगाएर आउ
अब हामी लग्नगाँठोमा बाधिनु पर्छ
रातो साड़ी चुरा पोते लगाएर आउ ।
००००