काठमाडौं,
वैशाख १९ ।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन भएको छ । प्रजातन्त्र सेनानीसमेत रहेकी गायिका रानुदेवीको आज ८३ वर्षको उमेरमा निधन भएको हो ।
रानुदेवीले ‘जागो नेपाली’ बोलको गीत गाएर तत्कालीन राणा शासनविरुद्धको क्रान्तिमा सहयोगसमेत गरेकी थिइन् । नेपाली काँग्रेसबाट राजनीति समेत गरेकी उनी शिक्षिका पनि थिइन् ।
सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम वि.सं. २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् । रानुदेवीले रेडियो नेपालको स्थापनाकालदेखि गीत गाएकी हुन् ।






