रोल्पामा बम विस्फोट हुँदा ४ जनाको मृत्यु

काठमाडौं,
वैशाख १८ ।

रोल्पामा बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँ भन्ने स्थानमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको हो ।

प्रहरीका अनुसार बम विस्फोटबाट मृत्यु हुनेमा १३ वर्षदेखि १६ वर्षका किशोरहरु रहेका छन् । बेबारिसे अवस्थामा भेटिएको बम खेलाउने क्रममा विस्फोट भएको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार