काठमाडौं,
वैशाख १६ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान गरेको छ । बोर्डका अध्यक्ष केशव भट्टराई गत वर्ष मंसिरमा निधन भएपछि लामो समयदेखि रिक्त रहेको पदका लागि दरखास्त आव्हान गरेको हो ।
योग्यता पुगेका नागरिकले आजदेखि १५ दिनभित्र मन्त्रालयमा दरखास्त दिन भनिएको छ । मन्त्रलायकाअनुसार ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेका नागरिकले दरखास्त दिन सक्ने छन् ।
त्यस्तै शैक्षिक योग्यतामा मान्यताप्राप्त विश्वविद्यालयबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, सरक्षण, सम्बद्र्धन तथा प्रवद्धनमा निरन्तर रुपमा कम्तीमा १० (दश) वर्ष काम गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा २० (बीस) वर्ष कार्य गरको हुनुपर्ने भनिएको छ ।







