काठमाडौं,
वैशाख १४ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितेको सङ्ख्या ५२ पुगेको मन्त्रालयले पुष्टि गरेको छ । संक्रमितमध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन् ।
मन्त्रालयका अनुसार आइतबार मात्रै तीन जना कोरोना संक्रमित थपिएका छन् । आजै कोरोना संक्रमित निको भएर ४ जना डिस्चार्ज भएका छन् ।







