अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौं,
वैशाख १४ ।

वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले यस दिनलाई अक्षय तृतीया भनिएको हो ।

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा धेरै विशेष योगहरू पर्छन् । तीमध्ये एउटा महायोग हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ ।
ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौं अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

आज अक्षय तृतीयासँगै सृष्टि दिवस र विश्व बौद्धिक सम्पत्ति दिवस पनि परेको छ ।

यसमा तपाइको मत

अन्य समाचार