काठमाडौं,
वैशाख १२ ।
मातातिर्थ औशीको दिन पारेर सबै आमाहरुमा समर्पित गीत ‘आमा जस्तो अर्को ठूलो छैन कुनै न धाम…’ सार्वजनिक गरिएको छ । गायक सन्जिबकुमार पौडेल र रेखा पौडेलको स्वरमा, रेखाकै सङ्गीत तथा साहित्यकार अन्जना पौडेलको शब्द रहेको गीत गायक सन्जिब पौडेलको आफ्नै यु ट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
यी दुई गायक तथा सङ्गीतकारले यो भन्दा अगाडि दर्जनौ कर्णप्रीय स्वरमा लोकप्रिय गीत निकालीसकेका छन् । गीतको लेखनमा र साहित्यमा अन्जना पौडेल ‘अनुश्रुति’ले नाम जमाइसकेकी छन् । गीतका शब्द यती कर्णप्रीय छन् कि एकपटक होइन धेरै पटक सुनौ सुनौ जस्तो लाग्छ ।






