हरेक क्षेत्र प्रभावित

काठमाडौं,
वैशाख १२ ।

कोरोना भाइरस (कोभिड–१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ४८ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ । लकडाउनपछि नेपालका हरेक क्षेत्र प्रभावित भएका छन् ।

यसले नेपाली कला क्षेत्रलाई प्रभावित गरेको छ । दैनिक जसो भइरहने विभिन्न म्युजिक भिडियो, टेली सिरियल र चलचित्रका छायाँकन बन्द छन् । यो क्षेत्रमा संलग्नहरु पनि घरमै रहेर ‘लकडाउन’को पूर्ण पालना गर्न र सम्भावित जोखिमबाट बच्न विभिन्न माध्यमबाट आग्रह गरिरहेका छन् । यस्तैमा नायिका उषा खनाल र नायक शितल केसीले पनि ‘लकडाउन’को पूर्ण पालना गर्न सुरक्षित हुन सबैमा आग्रह गरेका छन् ।

प्रतिस्पर्धाको जमना छ रङ्गीन दुनियाँमा, हलका ग्ल्यामर्स हुनै पर्ने बिचार बोकेकी नायिका उषा खनाल पछिल्लो समय चलचित्र र म्युजिक भिडियोमा ब्यस्त बन्दैछिन । पोखरामा छायांकन भइरहेको दुई भिडियोको काममा ब्यस्त भइरहेको समयमा विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण छायांकन भइरहेको भिडियो बीचमै स्थगीत भएपछि काम छाडेर घर पुगेकी उनी ‘लकडाउन’का कारण झन तनाब बनेको बताउछिन् । दुबै भिडियोमा सदाबहार नायक शितल केसीले उषासँग स्क्रिनसेयर गरेका छन् । उनी भन्छिन्- ‘लकडाउनका कारण हात परेका केही म्युजिक भिडियो र चलचित्रको काम रोकियो । कहिले लकडाउन खुल्ला र पुनः काममा फर्किन पाउँने भन्ने चिन्ताले सताई रहेको छ ।’

यसै क्षेत्रमा निरन्तर लागिरहने सोच बनाएकी नायिका उषाले चलचित्र ‘बीच बाटो’बाट आफ्नो फिल्मी करियर शुरु गरेकी हुन् । नायिका उषा खनालले चलचित्र लाले, झमेला, खतरनाकलगायतमा आफ्नो अभिनय देखाई सकेकी छन् भने ‘दि आर्टिष्ट’, ‘बदलेकी आग’ नामक दुई भोजपुरी चलचित्रमा पनि उनको अभिनयकला देख्न सकिन्छ । उनको कामको प्रसंशा गर्दै बिभिन्न सङ्घ, संस्थाले उनलाई सम्मानर र पुरस्कृत समेत गरेको छ । झण्डै दुई सयको हाराहारीमा म्युजिक भिडियामा मोडलिङ गरिसकेकी नायिका उषा छोटै समयमा आफुलाई कला क्षेत्रमा स्थापित गराउँन सफल मध्येमा पर्छिन ।

यसमा तपाइको मत

अन्य समाचार