समाजवादी पार्टी र जनता पार्टीबीच पार्टी एकता, नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी

काठमाडौं,
वैशाख ११ ।

समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता भएको छ । एकता पछिको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने निर्णय भएको छ ।

सहमति अनुसार चुनाव चिन्ह भने राजपाले प्रयोग गर्दै आएको छाता नै कायम गर्ने सहमति भएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रङ्गबीचमा तारा राख्ने सहमति भएको छ ।

लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो । प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार राति नै एकता घोषणा गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार