राष्ट्रपतिद्वारा मन्त्रिपरिषदले प्रस्ताव गरेको अध्यादेश जारी

काठमाडौं,
वैशाख ८ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले प्रस्ताव गरेको अध्यादेश जारी गरेकी छन् । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो । राजनीतिक दलसम्बन्धी अहिलेको कानुनमा संशोधन गर्न अध्यादेश ल्याइएको हो ।

अध्ययादेश अनुसार अब राजनीतिक दल फुटाउन संसदीय दल र पार्टीको केन्द्रीय कमिटीका कम्तीमा ४० प्रतिशत सदस्य आफ्नो पक्षमा हुनुपर्ने अहिलेको प्रावधानमा परिवर्तन गभएको छ । अब दल विभाजनका लागि संसदीय दल वा पार्टीको केन्द्रीय कमिटीमा ४० प्रतिशत सदस्य सङ्ख्या भए पुग्ने नयाँ प्रावधान लागू भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार