झुमा निरौलाको स्वरमा ‘हेर कान्छा इलाम हाम्रो…’ (भिडियोसहित)

काठमाडौं,
वैशाख ७ ।

गायिका झुमा निरौलाको स्वरमा रहेको गीत ‘हेर कान्छा इलाम हाम्रो…’ सार्वजनिक भएको छ । गायक तथा सङ्गीतकार कोमल निरौलाको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई झुमाकै आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतमा इलाम जिल्लाको सुन्दरतालाई बर्णन गरिएको छ । बिष्णु अधिकारीको सङ्गीत संयोजन रहेको गीतमा भोला पौडेलको मिक्सिङ, महेश्वरमान राजभण्डारीको मास्टरिङ र किसन अर्यालको सम्पादन रहेको छ । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि स्रोता÷दर्शकको माया पाउनेमा आफू आशावादी रहेको गायिका झुमाले बताउछिन् ।

यसमा तपाइको मत

अन्य समाचार