काठमाडौं,
वैशाख ६ ।
शनिबार बसेको नेपाली काँग्रेस पार्टीको पदाधिकारी बैठकले राहत वितरणमा अनियमिता भएको ठहर गर्दै सर्वदलिय संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व रहेका स्थानीय तहहरुमा राहत वितरण पक्षपातपूर्ण भएको बताए ।
उनले विभिन्न स्थानीय तहबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलिय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्न माग गरे । केन्द्र र प्रदेश सरकारले घोषणा गरेको गरेको राहत लक्षित समूहसम्म नपुगेकोले द्रुत गतिमा राहत पुर्याउन पनि काँग्रेसले सरकारलाई आपिल गरेको उनले बताए ।
‘सत्तारुढ दलले विजयी हासिल गरेका कतिपय स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको भन्ने विषयलाई काँग्रेसले गम्भिर रुपमा लिएको छ । राहत वितरणको कार्यलाई न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै बैठकले स्थनीय तहमा सर्वदलिय अनुगमनको व्यवस्था गर्न आग्रह गरेको छ’, उनले भने ।






