‘लकडाउन’को पूर्ण पालना नै कोरोना भाईरस विरुद्धको लडाई हो, यसमा हेलचेक्राइ नगरौ अन्यथा पछुताउनु बाहेक हामीसँग केही विकल्प हुने छैन्

– किरणप्रसाद अधिकारी

विश्व यतिवेला कोरोना भाईरस (कोभिड १९)ले क्राहिमाम छ । विश्वका नागरिकलाई यतिवेला आतंकित बनाएको छ यो भाइरसले । यसको रोकथामको लागि एकमात्र उपाय भनेको ‘लकडाउन’ भन्दै प्रायःजसो सबैदेशले ‘लकडाउन’को विधि अपनाएर अघि बढेका छन् । हामीकहाँ पनि गत चैत ११ बाट थालिएको ‘लकडाउन’ कायम छ । यो अवधि बढाउँदै नेपाल सरकारले वैशाख १५ गते सम्म पुर्‍याएको छ । सरकारले हाम्रै लागि ‘लकडाउन’ गरेको हो । ‘लकडाउन’को मुख्य सिद्धान्त भनेको जो जहाँ छ त्यहीँ रहने हो । विश्व नै क्राहिमाम भएको अवस्थामा पनि हामीमा भने डरको अवस्था देखिएको पाइँदैन । ‘अरुलाई पर्दा कुरा आउँनै आफैँलाई पर्दा ज्वारो’ आउँने हाम्रो बानी नै छ । फेरि पनि नेपाल सरकारले गरेको पहल ति हुनुपर्ने हो त्यति नभए पनि गरिरहेको छ ।

– किरणप्रसाद अधिकारी

महामारीको रुपमा आईरहेको यो भाईरस चीनको बुहान शहरबाट शुरु भएर विश्व भ्रमण गरिरहेको छ यतिवेला । यो लेख तयार पार्दासम्म विश्वभर २० लाख ८३ हजार ३ सय ४ जना संक्रमित भइसकेका छन् । त्यसैगरी ५ लाख १० हजार ३ सय ४१ जना निको भएका छन् । यो कोरोना भईरसले विश्व भरि नै १ लाख ३४ हजार ६ सय १६ जनाको ज्यान लिईसकेको छ । संक्रमित र मृतकको सङ्ख्या घटने हैन बढ्दै जाने देखिएको छ । बढ्दै पनि गईरहेको छ ।

नेपालमा हालसम्म १६ जना संक्रमित देखिएका छन भने एक जना निको भएका छन् । हालसम्म नेपाल भित्र नै यो रोग लागेर कसैको पनि मृत्यु भएको छैन् । तर पनि हामी सुरक्षित छौ भनेर भन्न सक्ने अवस्था छैन् । सरकारले सबै भन्दा बच्ने उत्तम उपाय भन्दै ‘लकडाउन’ गरेको छ । हामीले यो ‘लकडाउन’लाई त्यति महत्व दिएर मानिरहेको अवस्था भने देखिदैन । हामी किन यो लकडाउन मानिरहेको छैनौ । अचम्मको बिषय बनिरहेको छ । भोलि गएर स्थिति बिकराल बन्दा अनि लाशको चाङ लाग्दा फेरि सरकारलाई नै गालि गर्छौ । तर, त्यो भन्दा पहिला सरकारले भनेको कुरा मानेर हाम्रो लागि हो भनेर माने पो स्थिति त्यति भयाबह नहोला । अहिलेसम्म हामीलाई पशुपतिनाथ जोगाएका छन् त्यो स्वाभाविक रुपमा भन्न सकिन्छ । सरकारले लकडाउन गर्नु बाहेक अन्य प्रभावकारी काम गर्न सकेको छैन् ।

विश्व स्वास्थ्य सङ्गठनले भने जस्तो परिक्षणको दयारा बढाउँन सकिरहेको छैन । सरकार यो बिषयमा गम्भीर भएर अगाडी बढ्नु पर्ने देखिन्छ । हामी नागारिक जिम्मेवार भएर अगाडी बढ्नु पर्छ । बिश्वाको शक्तिशाली राष्ट्र भनेर चिनिएका राष्ट्रहरु यो रोगको कारण तहसनहस भएका छन् । आर्थिकदेखि हतियार सम्मको लागि शक्तिशाली मानिएको अमेरिका तहसनहस भएको छ । ईटाली र स्पेन अनि फ्रान्स अझै भनौ युरोपियन मुलुकहरु पनि उठन नसक्ने गरि थला परिसकेका छन् ।

अब आफैँ भन्नुहोस् हाम्रो जस्तो राष्ट्रमा यो रोग फैलियो भने के हालत हुन्छ ? एकदम धेरै मन पोलिरहेको छ । सोच्न सकिरहेको छैन । होशियार दाजु भाई दिदी बहिनी अमेरिका, ईटाली, स्पेन, फ्रान्स जसरी लाश गाड्न पनि ठाउ नहोला । आफन्त मर्दा मलामी जान परै जाओस छुन समेत पाईदैन । देख्नु भएको होला नि बाहिर डोजरले खाल्डो खन्दै पुर्दै गरेको दृश्य । छिमेकी देश भारतमा अहिले यो रोग भुसको आगो जसरी फैलिएको छ । त्यसको असर हामीलाई प्रत्यक्ष पर्छ । त्यसैले अहिले हामी कोरोना नेपालमा फैलिएको छैन भनेर बस्यौ भने त्यो ठुलो गल्ति हुन्छ किनकि खुल्ला सिमानाको कारण भोलि तराईमा यो रोगले बिकराल रुप लिन सक्छ । सरकारले बेलैमा सचेत हुनुपर्छ र हामी नागरिक पनि सचेत हुने पर्छ । भारत यो रोगबाट मुक्त नभई नेपालमा यसको डर कहिले पनि कम हुने देखिदैन । त्यसैले हामी सुरक्षित हुनुपर्छ । जबसम्म नागरिक नै सचेत हुदैन यो रोग कम हुने हैन फैलिने देखिन्छ ।

अर्को कुरा अबस्य पनि लकडाउनले कतिपयालाई छाक टार्न मुस्किल छ त्यसलाई सरकारले हेर्नुपर्छ । तर, हुने खाने र बोलवालाले मात्र राहत लिएको पनि देखिएको छ । आफैँ जिम्मवार बनौ । अर्को गम्भीर कुरा नेपाली दाजु भाई र नागरिकले सोच्न पर्छ त्यो हो जसरी अमेरिकाले कोरोना भाईरसलाई ‘चाईना भाइरस’ भनिरहेको छ भारतले अहिले नेपाली जनप्रतिनिधिलाई भारतमा कोरोना भाइरस फैलाउन लागिपरेको आरोप लगाउन थालेको छ । त्यसैले रोगको कारण देखाउदै भारतले हामी र हाम्रो देशलाई अप्ठायारो बनाउने काम नगरोस् । खबरदारी गरौ । अन्त्यमा, ‘लकडाउन’को पूर्ण पालना नै कोरोना भाईरस विरुद्धको लडाई हो, यसमा हेलचेक्राइ नगरौ अन्यथा पछुताउनु बाहेक हामीसँग केही विकल्प हुने छैन् ।

सम्पादक
सुन्दरादेबी संदेश साप्ताहिक

यसमा तपाइको मत

अन्य समाचार