- सूर्य चन्द
यतिवेला संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले गर्दा मानब जीबन अस्त व्यस्त भएको छ । अर्थतन्त्रलाई धरासायी बनाएको छ । विश्वभर दैनिक हजारौं मानिसहरुको मृत्यु भइरहेको छ । मानिसहरु घर भित्रै बस्न बाध्य छन् । यस्तो विषम परिस्थितिमा हाम्रो जस्तो गरिब मुलुकले झनै समस्या भोग्नु परेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले मुलुक ‘लकडाउन’को अबस्थामा छ । दैनिक ज्यालादारी गर्ने मजदुर, सामान्य पेशा गर्ने पेशाकर्मीदेखि श्रमजीबी पत्रकार समेतले यसबाट पर्ने समस्या झेल्दै आउनु परेको छ । सरकारले यस ‘लकडाउन’को अबस्थामा राहत प्याकेज समेत घोषणा गरेको छ । तर, उक्त राहत पिडित समक्ष पुगेको छ त ? यसको अनुगमन कसरी भइरहेको छ भन्ने समेत प्रश्न खडा भएको छ ।
- सूर्य चन्द
कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको लडाईमा अहोरात्र खटिने सुरक्षाकर्मी, जनप्रतिनिधिलगायत सरकारका संयन्त्रहरुले त, सरकारी तलब भत्ता पाएका होलान तर उनिहरु जस्तै अहोरात्र खटिएर सम्पूर्ण जनता सामू सुचना पुर्याउने श्रमजीबी पत्रकारहरुको लागि सोच्नु पर्ने सरकारको दायित्व हो कि होइन ? लामो समयको ‘लकडाउन’का कारण श्रमजीवी सञ्चारकर्मीको जीवनयापनमा समस्या परेको हुन सक्छ तसर्थ त्यस्ता पत्रकारहरुलाई पहिचान गरि राहत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ । त्यस्तै सरकारले वितरण गर्ने राहतलाई ब्यबस्थित बनाउदै जनप्रतिनिधिले आफ्नालाइ होइन समस्यामा परेका पिडितलाई राहत वितरण गर्नु पर्ने आजको आबश्यकता रहेको छ ।
जनतालाई दिनरात नभनी सत्य तथ्य समाचार सम्प्रेषण गरि सुसुचित बनाउने तथा सेलिब्रेटी, राजनीतिकर्मी, ब्यबसायी, समाजसेवीलगायत अन्यलाई रातारात चर्चित बनाउने श्रमजीबी पत्रकारहरुको बारेमा यस सङ्कटको घडीमा सम्बन्धित निकाय किन मौन छ ? पिडित श्रमजीबी पत्रकारहरुलाई राहात वितरण गर्ने राज्यको दायित्व होइन र ? सबै सञ्चारकर्मी हुने खाने छैनन्, सबैले पैसा कमाएर ब्यालेन्स गरेका पनि छैनन् त्यसकारण सरोकार पक्षले यस सङ्कटको घडिमा यथाशिघ्र पिडित पत्रकारको बारेमा समेत सोच्नुपर्ने देखिन्छ ।
फिल्म क्षेत्रका केही कलाकारहरुले छायाँकनको बेला खटिने चलचित्र प्राबिधिकहरुलाई राहत वितरण गरेको छ । तर, उनीहरुलाई समाचार, मिडिया मार्फत प्रस्तुत गर्ने पत्रकारहरुलाई किन यस्तो बेला राहत वितरण गरेन र मौन रह्यो । समाचार चाहिदा लेखिदिनु भनेर बारम्बार कल, म्यासेज गर्नेहरु अहिले किन तिनै पिडित पत्रकारहरुलाई सम्झिदैनन ? त्यसैले पिडितहरुको पहिचान गरेर उनीहरुलाई न्यायोचित ब्यबहार गर्न सम्बन्धित पक्षको चाँडो भन्दा चाँडो ध्यान पुग्न जरुरी देखिन्छ ।
दैनिक जीवीकोपार्जन प्रभावित भएका अप्ठ्यारोमा परेका सञ्चारकर्मीलाई राहतका उपलब्ध गराउन सरकारलगायत नागरिक समाजको समेत भूमिका देखिन्छ । साथै सञ्चारकर्मी अग्रपङ्क्तिमा खटिएर काम गर्नुपर्ने भएको हुँदा सुरक्षित विधि अपनाएर मात्रै काम गर्न आग्रह समेत आग्रह गर्दछु ।
(सूर्य चन्द बिगत डेढ दशकदेखि पत्रकारिता तथा कलाकारितामा आबद्द छन्)






