काठमाडौं,
चैत २७ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा बदली भई पानी पर्ने समभावना रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशको पूर्वी तथा मध्य पहाडी क्षेत्रमा हल्का बर्षा हुने सम्भावना रहेको छ ।
आज दिउँसोपछि देशको पूर्वी तथा मध्य पहाडी भू-भागका केही स्थानमा बदली भई मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज देशको पूर्वी तथा मध्य पहाडी क्षेत्रमा पनि हल्का बदली हुने सम्भावना रहेको छ । यस्तै आज राति देशको पश्चिम पहाडका स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानको मौसम सफा रहनेछ ।






