जमुना र गोकर्णको स्वरमा ‘ए कान्छा…’ (भिडियोसहित)

काठमाडौं,
चैत २३ ।

जमुना आचार्य र गोकर्ण राना मगरको स्वरमा रहेको गीत ‘ए कान्छा…’ सार्वजनिक भएको छ । जमुनाको शब्द तथा लय सिर्जना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रतिकबहादुर श्रेष्ठको छायाँकन, दिनेश मुस्कानको सम्पादन र रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी रहेको गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जीवन भोगाईलाई गीतमा समेटिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार