कामनपा- ७ मा राहत विवरण

मदनकृष्ण सिलवाल
काडमाडौँ,
चैत्र २२ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न जारी ‘लकडाउन’का कारण दैनिकजीवन ठप्प परिरहेको अवस्थामा आफ्नो वडाभित्र बसोबास गर्ने श्रमिक, मजदुर एवम् विपन्न वर्गका लागि काठमाडौँ महानगरपालिकाका वडा ७ले राहत वितरण सम्पन्न गरेको छ । गत चैत्र २०, २१ र २२ तीन दिन लगाएर राहत वितरण कार्य सम्पन्न गरिएको हो ।

राहत वितरण कार्यलाई सहजीकरण गर्न कुमारीगाल टोलसुधार, सामुदायिक सेवासमाज, गौरीनगरसुधार समिति, चावहिल गणेशस्थलान, चावहिल गंगाहिटी र सिफलमा वितरण क्षेत्र तोकिएको थियो ।

जसअनुरुप कुमारीगाल टोलसुधार समाजअन्तर्गत सामादायिक सेवा समाज (मैजुवहाल, लाहुरेटोल, मैजुफाँट), गौरीनगरसुधार समितिअन्तर्गत उमाकुण्ड, गौरीनगरफाँट, चावहिल पिपलबोटभन्दा मुनि क्षेत्र), चावहिल गणेशस्थान अन्तर्गत (चुच्चेपाटी, चावहिलबजार, मित्रपार्क, गणेशस्थान आसपास, चावहिल गंगाहिटीचोक (बुलबुले–विनायकटोल, गोपीकृष्ण शान्ति गोरेटो), सिफलअन्तर्गत (हिमायन विद्या मन्दिर आसपास, पनेकुटोल, गुरुङटोल, सिफल पानी ट्याङ्की)लगायत क्षेत्रहरूबाट राहत वितरण गरिएको वडा सदस्य कृष्णप्रसाद घिमिरेले बताए ।

स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन एवम् सङ्घसंस्था प्रतिनिधिको सहभागितामा लक्षित वर्ग पहिचान गरी हालसम्म वडाभरका १७०० भन्दा बढी परिवारलाई राहतस्वरुप चामल, दाल, नुन–तेललगायत खाद्यान्न प्याकेट राहत सामग्री वितरण गरिएको गरेको वडाअध्यक्ष शुद्धकुमार डंगोलले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार