हिरो नं. १ युट्युबमा सार्वजनिक

काठमाडौं,
चैत २१ ।

नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ । नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइृल भी च्यानल मार्फत सार्वजनिक भएको हो ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायक बस्नेतको साथमा एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा तारावीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको सङ्गीत, बिनोद सापकोटाको छायाँकन, जय किशन बस्नेत र किशोर थापाको नृत्य, सुदिप पाण्डेको सम्पादन रहेको छ ।

चलचित्रका प्रस्तुतकर्ता जाहन्वी बस्नेत र ब्रबिम बस्नेत रहेका छन् । कमेडी, एक्सन, थ्रिल तथा सस्पेन्स बिवष वस्तुलाई रोमाञ्चक तरिकाले कथावस्तु बुनेर निर्माण गरिएको यो चलचित्र सिनेमा हलहरुमा पनि सफल प्रदर्शन भएको थियो भने भारत, मलेसिया, सिंगापुर र ईन्डोनेसियामा पनि दर्शकको प्रशंसा पाएको थियो ।

युरोपका मुलुकहरुमा अत्याधिक माग भएर प्रदर्शनको लागी जाने सब्र प्रकृया पुरा गरेको भएता पनि पछिल्लो समय बिश्व महामारीको रुपमा फैलिएको कोरोना भईरसको कारण उक्त देशहरुमा जान नपाइएको जानकारी नायक तथा निर्देशक जय किशन बस्नेतले दिए ।

अहिले भईरहेको ‘लकडाउन’ अन्त्य हुनासाथ आगामी महत्वकाँक्षी चलचित्र धूम ४ को छायाँकनमा जाने तयारी भएको बस्नेतले जानकारी गराए ।

यस्तो छ चलचित्र :-

यसमा तपाइको मत

अन्य समाचार