वसन्त र राजको सन्देशमुलक गीत ‘उद्धार गरौं यो मानवताको…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत २० ।

कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म पाँचजना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले ‘लकडाउन’ गरेको छ ।

कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत सङ्गीतका स्रष्टाहरुले यस सम्बन्धि गीत स्रोता/दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा कवि तथा गीतकार वसन्त चौधरीको शब्द र गायक राज सागरको स्वर तथा सङ्गीतमा बिहिबार सन्देशमुलक गीत ‘उद्धार गरौं यो मानवताको…’को भिडियो सार्वजनिक भएको छ ।

गीत यतीबेला समय सान्दर्भिक छ । गीतमा कोरोना भाईरसलाई मानवताको बिसालु बैरी र बिनासकारीको रुपमा चर्चा गरिएको छ । यस गीतमार्फत गीतकार चौधरीले अहिले दयनीय अबस्थामा रहेको मानिसको उद्वार गर्नु पर्ने बताएका छन् । यसबाट आफु जोगिन, अरुलाई पनि जोगाउन र सङ्कटमा रहेकाहरुलाई उद्वार गर्न गीतबाट चौधरीले आह्वान गरेका छन् । यस्तो अबस्थामा साहस जुटाउन र हिम्मत नहार्न पनि गीतकार चौधरीको सबैलाई अनुरोध छ ।

शब्द आफैंमा राम्रो र सन्देश मुलक भएकाले अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरी लिरिकल भिडियोको रुपमा दर्शकसामु ल्याएको गायक राजले बताए ।

भ्वाईस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरिएको गीत निकै कर्णप्रिय बनेको छ । गीतको सङ्गीत संयोजना राहुल विश्वकर्माले गरेका हुन् । गीतको भिडियोलाई भि ओ एन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार