काठमाडौं,
चैत १९ ।
यतिबेला संसारभर कोभिड १९ अर्थात कोरोना भाइरसको त्रास छ । यो भाइरसका कारण विश्वभर हजारौंको ज्यानगइसकेको छ । धेरै देशका नागरिक सडकमा खुलम खुल्ला हिड्न सकिरहेका छैनन् ।
स्थिती नेपालको पनि त्यस्तै हो । लक डाउनका कारण लगभग १० दिनदेखि नेपालबन्द छ । नेपालभरका नागरिक अहिले घरको मुख्य गेट बन्द गरेर घरभित्र थुनिएका छन् । यसै सन्दर्भमा ‘मझेरी द लकडाउन कविता प्रतियोगीता’ आयोजना हुने भएको छ । ‘एस आर विएन मिडिया’ले आयोजना गरेको प्रतियोगीतामा संसारभरबाट नेपालीहरुले भाग लिन सक्नेछन् ।
आफैँले रचना गरेको कविता वाचन गरेको भिडियोलाई क्यामेरा अथवा मोवाइलले खिचेर एस आर विएन मिडियाको आधिकारिक इमेलः Majheripoetry@gmail.com मा पठाउनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्राप्त भिडियोबाट टप १० लाई फाइनल प्रतिस्पर्धा गराइने आयोजक संस्थाका सिइओ विपिनकुमार आचार्यले जानकारी दिए । कार्यक्रमको फाइनल लक डाउन सकिएलगत्तै गर्ने आयोजकको तयारी छ ।






