काठमाडौं,
चैत १८ ।
गृह मन्त्रालयले २०७७को सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । चैत १७ गते गृह मन्त्रालयले नव वर्ष २०७७ वैशाख १ देखि २०७७ साल चैत मसान्तसम्म एक वर्षमा सबै सरकारी कार्यालयहरुका लागि सार्वजनिक, पर्व, सट्टा बिदा सार्वजनिक गरेको हो ।
०७७ सालमा सरकारले नयाँ वर्ष, महाशिवरात्री, फागू पूर्णिमा, गौरा पर्व, क्रिसमस डे, छठ पर्व, बकर इद, माघी ल्योसार, बुद्ध जयन्ती, गौरा पर्व, उधौलीलगायतका पर्वमा बिदा दिएको छ । त्यसैगरी सरकारले नेपालीहरुको महान् पर्व वडा दशैंका लागि कार्तिक ७ देखि ११ गतेसम्म बिदा छुट्याएको छ भने तिहार बिदा कार्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ ।
शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, बैशाख २५ गते बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन देशभर सार्वजनिक विदा हुनेछ । यस्तै, चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक विदा हुनेछ ।
यस्ता छन् बिदा तथा पर्वहरु:-






