एक महिनाको घरभाडा मिना गर्न घरधनिहरुलाई सरकारको आग्रह

काठमाडौं,
चैत १७ ।

सरकारले एक महिनाको घरभाडा मिना गर्न घरधनिहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो ।

घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने सरकारको भनाइ छ । अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् । यस्तै सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन समेत निर्देशन दिएको छ ।

यस्तै, कोभिड १९ को उपचारको लागि प्रयोग हुने औषधी, औजार, पञ्जा, सेनिटाईजर, पिपिईको आपुर्ति तथा अस्पतालको क्षमता विस्तार समेतको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई थप बजेट उपलब्ध गराउने, संक्रमणको संभावना भएका व्यक्तिहरुलाई राखिने सामुहिक क्वारेन्टाईन सञ्चालन एवम् क्वारेन्टाईनमा राखिने व्यक्तिको खाना खर्च स्थानीय तह र सङ्घीय सरकारले व्यहोर्ने गरि थप व्यवस्था मिलाउने निणर्य पनि सरकारले गरेको छ ।

डा. खतिवडाका अनुसार सरकारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न हुने चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला स्वास्थ्य स्वयम सेविका,स्वयमसेवक तथा सरसफाईमा संलग्न हुने श्रमिक, एम्बुलेन्स चालक र प्रत्येक्ष रुपमा संलग्न हुने सुरक्षाकर्मीलाई २०७७ असार मसान्त सम्मका लागि २५ लाख सम्मको निशुल्क विमा र क्षतिपुर्ति दिने व्यवस्था गर्ने भएको छ । साथै उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्रीहरु निशुल्क उपलब्ध गराउने व्यवस्था मिलाईने भएको छ ।

सरकाले निजी स्वास्थ्य सेवा संस्थालाई आवश्यक स्वास्थ्य उपकरणको आपुर्तिको सुनिश्चित गरी आफ्ना सबै प्रकारका स्वास्थ्य सेवा सुचारु राख्न र आफ्ना सबै प्रकारको सेवा शुल्कमा चैत मसान्त सम्मको बिल बमोजिमको रकममा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन भनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार