विराटनगर,
चैत्र १५ ।
प्रदेश एकमा कोरोना भाइरस नियन्त्रण रोकथाम सम्बन्धि सर्वपक्षीय छलफल सम्पन्न भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आव्हान गरेको कोरोना भाइरस नियन्त्रण रोकथाम सम्बन्धि सर्वपक्षीय छलफल सम्पन्न भएको हो ।
मुख्यमन्त्री राईले शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय प्राङ्गणमा सर्वपक्षीय बैठक बोलाएर सरोकारवाला पक्षसँग सुझाव लिएका थिए । मुख्यमन्त्री राईले आपूर्ति व्यवस्था सहज बनाउन र दैनिक ज्यालादारी श्रमिकलाई राहत प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवाला पक्षसँग सुझाव लिएका थिए । त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि गरेका कामको बारेमा जानकारी गराए । उनले थपप्रभावकारी ढङ्गले अगाडि बढ्नको लागि सरोकारवाला पक्षको राय लिएका थिए ।
बैठकमा राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीयतहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति थियो । बैठकमा सहभागीहरुले प्रदेश सरकारले अगाडि बढाएका नीतिहरुलाई कार्यान्वयन गर्न एकजुट भएर लाग्ने बताएका थिए ।






