प्रेम पत्र

मेरी जुनि जुनि कि तपस्या, पूजा-आराधना…।
मुटुभरीको पबित्र प्रेम तिम्रै पाउमा अर्पण ।।

मैले यो पत्र तिमीलाई दिएपछि तिम्रो मन मस्तिष्कमा के कस्ता भावना तरङ्गीत हुन्छन् म भन्न सक्तिन । तिमी मसँग रिसाउन पनि सक्छौ । तिम्रो हृदयमा मप्रति आक्रोश नै पलायो भने पनि मेरो अनुरोध छ, तिमीले यो पत्र अन्त्यसम्म अवस्य पढनु । त्यसपछि तिमीले जति सरापे पनि, गाली गरेपनि हुन्छ । ध्रुवसत्य हो तिम्रो मुहारमा सधैं खुसीको उज्यालो देख्न चाहने र यसका निम्ति जेसुकै गर्न हरक्षण तत्पर रहेका ब्यक्ति मध्ये पहिलो म नै हुँ ।

 

  • डा. डीआर उपाध्याय

जसरी कुनै मन्दिरमा भगवान सामु उभिएर एक पुजारीले उनि प्रतिको असिम श्रद्धामा डुबी पूजा गर्छ, त्यसैगरी म मेरो मन मन्दिरमा तिमीलाई आफ्नी देवी मानेर यो पत्र कोर्दैछु । यश पत्रका हरेक शब्द निश्छल र स्वस्छ मनबाट निस्किरहेका छन् ।

यद्ययपि तिमी र मबीच केही नमिल्दा कुरा छन् । तर, तिमीप्रति अनायास, प्रस्फुटित अनौठो मायाले मलाई नयाँ जीवन प्रदान गरेको छ । तिमीलाई थाहा भएको पनि हुन सक्छ, थाहा नभएको पनि हुन सक्छ । म एकपटक जीवनसँग ठूलो सङ्घष‌ गरिसकेको ब्यक्ति हुँ । तर, अचेल मलाई पटक–पटक अनुभूति हुन्छ, सायद तिमीमा पनि समर्पित भएर बाँच्नैको निम्ति मलाई ईश्वरले पुनःजीवन प्रदान गरेकाहुन ।

अक्सर म, हामी बीचको प्यार बारे सोच्ने गर्छु । तिमीलाई यति यसरी असिमित प्रेम गर्नु उचित हो कि होइन ? यसको नतिजा के हुन्छ ? तर, यही निस्कर्षमा पुग्छु कि पवित्र मनमा आफैँ उर्लन थालेको तिम्रो मायाको गहिरो सागरमा डुबनकै लागि त मैले यो जुनि पाएको हूँ ! यसकारण मेरो प्रेम तपस्याले मलाई के कस्तो फल दिन्छ, यसबारे म धेरै सोच्न चाहन्न । तरपनि किन हो किन हृदयको गहिराइमा मलाई अटल बिश्वास छ । तिमीजस्तो मुटु र हृदयको गहिराइमा मलाई अटल बिस्वाश छ, तिमीजस्तो मुटु र उदार चिन्तन भएकी देविबाट मैले कुनै बिषालु काँडाको घाउ पाउने अबस्था आउनै सक्तैन । श्रृष्टी रचयिताले तिमीलाई जुन असिम सौन्दर्य दिएका छन, अवस्य नै त्यही अनुरुपको दिल तिमीले पाएकी छौ । तिम्रो पहिलो झलक पाउँदा नै म भित्र यो बिश्वास जागृत भएको हो ।

तिमी मान या नमान, तिमीलाई पनि संसार भरिको खुशिबाट सजाइदिन मेरा हरेक धडकन व्याकुल भइ रहेका छन् । तिम्रो हाँसो, मुस्कानलाई स्थायित्व दिनु नै मेरा स-साना खुशी सिमित भएका छन । यसका निम्ति तिमीले म माथी विश्वास गरेर केही पाइला अगाडि सार्नुपर्छ । किनभने तिम्रो इशारा र सहमती बिना मैले केही गर्नुको औचित्य नै हुदैन । तिमीले लाज र सङ्कोच छाडेर मसँग व्यवहार गरिदियौ भने मलाई तिम्रो हरेक चाहना पूरागर्न उत्साह र साहश प्राप्त हुनेछ । म जे जस्तो छु, ईश्वर पछी केवल तिमीमा पनि समर्पित छु ।
हुन त प्रत्येक ब्यक्तिले आफ्ना सदगुणको मात्रै बखान गर्छन । त्यस्ता केही कुरा म भन्न चाहन्न । म केवल यति अनुरोध गर्छु तिमीले मलाई नजिकबाट नियालेर मेरो मनको भावना र सबै प्रतीको मेरो व्यवहारलाई बुझेर मप्रति आफ्नो धारण बनाउनु । मलाई लाग्छ तिमीले यति मात्रै गरिदियौ भने मेरो तिमीप्रतिको अथाह मायाले न्याय तथा उचित कदर पाउनेछ ।

मेरा कुनै शब्दको अन्यथा अर्थ लागेर तिमीलाई अलिकती पनि नमिठो महसुस भएको छ भने म हृदयदेखि क्षमा माग्दछु । मेरि प्राण प्रिया, भाग्यले मेरो जिन्दगीसँग जे जति निर्मम खेलबाड गरेको छ त्यो सबै म तिमी सामु ब्यक्त गर्न चाहन्छु । तर, कतै तिमी वोर मान्छौ कि भनेर आज धेरै लेख्दिन । तिम्रो जवाफ पछि लेखौंला । पत्रको जवाफ अवश्य नै दिनेछौ भन्ने पूरा आशा एवम् बिश्वास लिएको छु । तिम्रो मनमा जे छ खुलेर लेख्नु । हस आजलाई यतिमै बिदा माग्छु….।

सधैं तिम्रो पुजारी ।।❤️

……..,
…………।।❤️

हजुरको पहिलो पत्र मार्फत मैले पाएको सम्बोधन र अत्यन्त मीठा अनुभुतीले मेरो मर्ममै गरे पनि अहिले म सोही शैलीमा आफ्ना भावना व्यक्त गर्ने स्थितिमा छैन । नारीले कुनै पनि पाइला चाल्नु पूर्ब धेरै टाढासम्म सोच्नुपर्ने बाध्यता हाम्रो समाजमा बिद्ययमान रहेको हजूरभन्दा बढी कसले बुझ्न सक्छ ।

म स्पष्ट लेख्छु– हजुरको पत्र पाएपछि म आश्चर्य चकित अवस्य भएँ तर मेरो मनमा कुनै आक्रोश वा अन्य नकारात्मक भावना अङ्कुरित भएन । यसको मुख्य कारण के छ भने हजुरको सहृदयताबाट म पूर्णरुपले अबगत छु । अर्को कुरा के भने पत्रको भाषा अत्यन्त मीठो तथा शिष्ट भएकोले पनि मैले त्यसको अन्यथा अर्थ लगाउने प्रश्न नै थिएन । इमान्दारीपुर्बक भन्नुपर्दा मैले हजूरको पत्र आरम्भदेखि अन्त्यसम्म एक पटक मात्र होइन, चार पटकसम्म एक–एक वाक्यलाई केलाएरै पढें । यसबाट पनि मेरो हजूर प्रति प्रेम झल्किन्छ । हरेक शब्दको गहिराइमा जाने प्रयास गरें । साच्चै भन्छु भित्र कुनै कोमल साहित्यकार लुकेर बसेको प्रतिती सो पत्रले गरायो ।

हजूरले व्यक्त गरेका भावनालाई मैले कुनै पूजारिको पूजा भन्दा कम मानेकी छैन । तर, म कुनै देवी होइन, अत्यन्त साधारण नारी हूँ । कसैको पनि प्रेम प्रस्ताबको सामना आजसम्म मैले गर्नुपरेको छैन । किनभने कुनै पनि व्यक्तीलाई यस्तो भावनामा डुब्ने व्यबहार मबाट नहोस् भन्नेतर्फ म सधैं सतर्क रहन्छु । यो यथार्थ हजुरले राम्ररी बुझ्नुभयो ।

यति गर्दागर्दै पनि हजुरको मनमा कसरी मेरो लागि माया प्रेमको बिरुवा पलायो र पत्र लेखेरै आफ्नो प्रेम प्रस्ताव राख्नु भयो, म आश्चर्यमा छु । यो प्रेम प्रस्ताव हजुरको Half, full, quarter एवम् आकर्षण को हो, प्रष्ट भए मलाई सजिलो हुने थियो । तर, अहिले नै म हजुरको बारे कुनै निर्णय लिनसक्ने अवस्थामा छैन् ।

यद्ययपि म प्रतिको मायाले हजुरलाई नयाँ जीवन प्रदान गरेको थाहा पाएपछि म ठूलो धर्मसङ्कटमा परिसकेकी छु । मलाई संसार भरीको खुशी दिने हजुरको चाहनाको म हृदयदेखि नै सम्मान गर्दछु । यस्तो स्वच्छ मनको शुभेच्छुक पाउनु अवस्य नै मेरो ठूलो सौभाग्य हो । तर, म शारीरिक तथा सांसारिक खुसीमा मात्र आफूलाई सिमित राख्न चाहन्न । मेरो मनको खुशियाली वा सन्तुष्टितर्फ मैले गहिरिएर बिचार गर्नुपर्छ । हजुरले मलाई सङ्कोच नगरी व्यवहार गर्न उत्साहित गर्नु स्वभाविक हो तर मलाई लाग्छ यस्तो गर्नु धेरै हतार हुनेछ । म फेरि पनि दोहोर्‍याउन चाहन्छु हामीबीच कुनै पनि सम्बन्ध गाँस्नको लागि उपयुक्त समयको खाँचो छ तथा एक अर्काको माया र चाहना सम्बन्ध राम्ररी बुझ्नुपर्ने आवश्यकता छ ।

आजलाई यही कलमलाई विश्राम दिन्छु ।

❤️‘प्रिया❤️

(डा. डीआर उपाध्यायको प्रकाशोन्मुख उपन्यास ‘चोट’बाट)

यसमा तपाइको मत

अन्य समाचार