वर्षा र हिमपातको सम्भावना

काठमाडौं,
चैत ११ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान सूचना जारी गर्दै हाल देशको पश्चिमी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको र मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको जनाएको छ । महाशाखाले मंगलबार दिउँसो देशको पश्चिमि भू-भागमा सामान्य बदली हुने र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जानकारी दिएको हो ।

यसैगरी, पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार