मुख्यमन्त्री राईद्वारा सीमा नाकाको निरीक्षण

विराटनगर,
चैत ११ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार सीमा नाकाहरुको निरीक्षण गरेका छन् । कोरोना भाइरसका कारण सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले सोमबारबाट सीमा नाकाहरु बन्द गरेसँगै नाकाहरुको अवस्थाको जानकारी लिन मुख्यमन्त्री राईले झापाको काकडभिट्टास्थित नाकाको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मुख्यमन्त्री राईले नाकाको सम्पूर्ण जानकारी स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रशासन, प्रहरीबाट लिएका थिए । सीमा नाका बन्दका कारण काकडभिट्टाको पानीट्यांकीमा रोकिएका नेपालीहरुको बारेमा मुख्यमन्त्री राईले जानकारी लिए । उनिहरुलाई सबै पक्रिया पु¥याएर नेपाल आउन आफूले पहल थालेको सिमामा रोकिएका नेपालीहरुलाई मुख्यमन्त्री राईले जानकारी दिए ।

मुख्यमन्त्री राईले झापाको कलवलगुरीमा निर्माण भएको क्वारेन्टाईनको निरीक्षण समेत गरेका थिए । त्यस्तै उनले मेची अस्पतालमा तयार गरिएको आईसोलेसन वार्डको निरीक्षण तथा आवश्यक जानकारी लिए । निरीक्षणका क्रममा मुख्यमन्त्री राईले प्रदेशवासी जनतालाई संयमता र सजकता अपनाउन आग्रह गरे । कोरोना भाइरसको विरुद्ध सबै मिलेर अगाडि बढ्न उनले आग्रह गरे ।

प्रदेश सरकारले मेचीनगर नगरपालिका, कलवलवगुरी क्वारेन्टाईन र मेची अस्पतालमा आवश्यक माक्स र सेनिटाइटर उपलब्ध समेत गराएको छ ।

यसमा तपाइको मत

अन्य समाचार