काठमाडौं,
चैत १० ।
स्वास्थ्य मन्त्रालयले नेपालमा एक जना कोरोना संक्रमित बिरामी भेटिएको जनाएको छ । सोमबार दिउँसो आयोजित आकस्मिक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो जानकारी दिएका हुन् ।
फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएका हुन् । उताबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड-१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।






