झापा,
चैत १० ।
झापाको कन्काइ नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुर घर भएका समाजसेवी एवम् युवा ब्यवसायी तुलसा कटुवाल र उनका छोराहरु निल डेबिट र राजन कटुवालले आफ्नो लक्ष्मीपुर बजारमा रहेको मार्केटमा सटरभाडामा लिइ व्यापार गर्ने ब्यापारीलाई एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।
कटुवाल परिवारले दुइवटा भवनमा रहेको २० वटा सटरमा चैत महिनाको करिब एक लाख बढी रकम भाडावालालाई नलिने भएका हुन् । धेरै मानिसको जनजीवन प्रभावित भई काम धन्दा गुमेको भन्दै भाडा नलिएको राजन कटुवालले बताए ।
निल डेबिट चर्चित हेयर हेयर स्टाइलिस्ट हुन् । निल डेबिटको देश तथा विदेशमा निल डेविड इन्टरनेसनल हेयरएन्ड ब्युटी सैलुनको रुपमा सञ्चालन छन्, उहाले आइतबारदेखि दर्जनभन्दा बढी नीलडेविड्स सलूनहरु आइतबारदेखि बन्द गर्ने घोषणा गरिसकेका छन् ।






