काठमाडौं,
चैत १० ।
अर्पणा श्रेष्ठको स्वरमा रहेको गीत ‘माथि चौतारीमा कुरौला…’ सार्वजनिक भएको छ । सचिन थापाको शब्द÷सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सचिन थापाको निर्देशन रहेको गीतको भिडियोमा सपना, सचिन, एलेक्स, सिदार्थलगायतको अभिनय रहेको छ । भिडियोमा शिलन लम्सालको सम्पादन र अर्जुन सापकोटाको सिनेमाटोग्राफी रहेको छ ।
लोकप्रिय गायिका अर्पणाको स्वरमा यसअघि पनि धेरै गीत बजारमा आइसकेका छन् । साथै उनले चर्चित गायकहरु सुगम पोखरेल, नबिन के भट्टराई, कमल खत्री लगायतसँग डोएट गीत गाइसकेकी छिन जसलाई दर्शकले धेरै मन पराएका थिए । यो गीतलाई पनि यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन स्रोता÷दर्शकसँग अर्पणाले आग्रह गरेकी छिन ।






