स्मृति दिवसमा कला प्रदर्शनी

काठमाडौं,
चैत ८ ।

पूर्वप्रधान मन्त्री स्वर्गीय श्री गिरीजाप्रसाद कोईरालाको स्मृति दिवशको सन्र्दभमा मिथिला येँ ग्यालरी, काठमाडौमा कलाकारहरुको चित्रकला प्रदर्शनीको आयोजना गरे । कला प्रदर्शनीको आयोजना जिपी कोईराला फाउन्डेसन, आर्ट एण्ड कल्चरले गरेको हो । प्रदर्शनीमा कलाकारहरु श्यामसुन्दर यादव, तीर्थ निरौला, विक्रम प्रजापती, गेहेन्द्रमान अमात्य, दिवेश प्रधान, सुदन श्रोष्ठ, राजेश मानन्धर, अरुणा हिंमाँ, नर वि. क. शुस्मा श्रेष्ठ, रेनुका महर्जन, राकेश चन्द्र श्रेष्ठ, कविता प्रधान, रञ्जु दर्नाल, किसोर नकर्मी, रेनु यादव, प्रितम यादव लगायत २५ जना कलाकारका विविध विषयवस्तुका विविध सिर्जनाहरु ग्यालरीमा राखिएका छन् ।

वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रदर्शनीमा गिरिजाप्रसाद कोईरालाले नेपाली कलामा देखाउनु भएको सद्भावको विषयमा कलाकार एवम् कला समीक्षक तीर्थ निरौला चर्चा गर्नुभएको थियो । ग्यालरीका सञ्चालक श्यामसुन्दर यादवले कला प्रदर्शनीको गर्नुको तात्पर्यलाई उजागर गर्नुभएको थियो । प्रदर्शनीमा राखिएका चित्रहरु विभिन्न विविध माध्ययममा वनाईएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार