६८ देशबाट नेपाल आउने सबै यात्रुहरुलाई प्रवेशमा रोक

काठमाडौं,
चैत ७ ।

आज राति १२ बजेबाट ६८ देशबाट नेपाल आउने सबै यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार गरेको निर्णय आज रातिबाट कार्यान्वयन गर्न लागिएको हो ।

समितिको चैत ५ गते बसेको बैठकले युरोप, पश्चिम एसिया तथा खाडी क्षेत्रका सबै राष्ट्रहरु एवम् टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान गरी आउने सबै यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

समितिको यो निर्णय कार्यन्वयनसँगै युरोपमा रहेका ४४, पश्चिम एसिया तथा खाडीमा रहेका २० र टर्की, मलेसिया, दक्षिण कोरिया र जापान गरी कूल ६८ देशबाट आउने सबै यात्रु नेपाल आउन पाउने छैनन् ।

यसमा तपाइको मत

अन्य समाचार