पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं,
चैत ७ ।

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी र पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली भइरहेको छ ।

शुक्रबार दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भागमा भने सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, अपरान्हपछि भने पहाडी क्षेत्रका १/२ स्थानहरुमा मेघ गर्जन, चट्याङ र हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमानमा उल्लेख गरेको छ । महाशाखाका अनुसार बाँकी क्षेत्रमा भने सामान्यतया मौसम सफा रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार