अञ्जुको स्वरमा ‘फुलेको केश’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत ६ ।

अञ्जु पन्तको स्वरमा रहेको गीत ‘फुलेको केश’ सार्वजनिक भएको छ । तारा अधिकारीको शब्द, वसन्त सापकोटाले संगीत र फनिन्द्र राईको एरेन्ज रहेको गीत ‘फुलेको केश’को भिडियो सार्वजनिक भएको हो ।

रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ । भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग लागेको कुरालाई देखाइएको छ ।

रत्न जोशीको करियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मा नहकुल खड्काले लिएका छन् । गीतको रेकर्डिस्ट सुमन खड्का हुन् ।

यसमा तपाइको मत

अन्य समाचार