धरान,
चैत ५ ।
चलचित्र ‘मेरो दिल छ पोखरामा’को धरानमा विशेष शो सम्पन्न भएको छ । गीतकार शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन रहेको चलचित्र ‘मेरो दिल छ पोखरामा’को विशेष शो धरानमा मंगलबार एक विशेष कार्यक्रमकाबीच गणेश टाकिजमा सम्पन्न भएको हो ।
नेपाली चलचित्र भित्रका विविध सकारात्मक तथा नकारात्मक गतिविधीलाई समेटेर निमार्ण भएको चलचित्रलाई उपस्थित दर्शकले मन पराएको चलचित्रकी प्रस्तुतकर्ता कला राई महर्जनले बताइन ।
सो अवसरमा बीजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति रहको नेपाली कथानक चलचित्र ‘तक्दिर’को छायाँकन यही चैत २० गतेबाट धरान र आसपासका रमणिय स्थानमा छायाँकन हुने सो कार्यक्रममा घोषणा गरियो ।
चलचित्रमा रवी खड्का, राजु पौड्याल, श्रेया दुलाल, कसिस दाहाल, मेनुका माझी, गंगा कुवर, लक्ष्मी श्रेष्ठ, विशाल सुनुवार, सागर गुरु चौलागाईं, शत्रुघन अन्सारीको अभिनय रहने भएको छ ।
कृष्ण पाण्डेको छायाँकन, देव महर्जनको द्धन्द्ध, राजन महर्जनको नृत्य, राजेन्द्र बजगाईं र रेखा पौडेलको संगीत, नित्याशिवा र राजेन्द्र बजागाइको स्वर रहने छ चलचित्र तक्दिर’मा ।






