काठमाडौं,
चैत ४ ।
चलचित्र पत्रकार सङ्घ, नेपालको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । सोमबार भएको सङ्घको ८ औं केन्द्रीय महाअधिवेशनमा अध्यक्षका प्रत्यासी डब्बु क्षेत्री, गीता अधिकारी र अनिल यादवलाई पछि पार्दै सिटौला अध्यक्षमा विजयी भएका हुन्। विजयी सिटौलाले ७० मत प्राप्त गरेका थिए ।
यस्तै सङ्घको कार्यक्रम उपाध्यक्षमा जीवन पराजुली निर्वाचित भए । सङ्घको सङ्गठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा निर्विरोध निर्वाचित भए । महासचिवमा समिर बलामी निर्वाचित भए भने सचिवमा रघुनाथ सापकोटा विजयी भए । यसैगरी समावेशी सचिवतर्फ विशाल राई, सह–कोषाध्यक्षमा विनोद पोखरेल निर्वाचित भए ।
यस्तै सङ्घको कार्यसमितिमा नविन गिरी, अन्जान दाहाल (मनिष), मिलन ढुंगाना, गोपिकृष्ण चापागाईं, गणेश वली र सृष्टि पोख्रेल निर्वाचित भए। महिला सदस्यमा सुरक्षा भट्टराई र समावेशी सदस्यमा दीपक गुरुङ निर्विरोध भएका थिए ।






