देवकुमार र मेलिनाको स्वरमा ‘तिमी पहरा’ (भिडियोसहित)

काठमाडौं,
चैत १ ।

ई.देवकुमार तामाङ र मेलिना राईको स्वरमा रहेको गीत ‘तिमी पहरा…’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार टेकबहादुर तामाङको शब्द, कन्काइस्ट राईको सङ्गीत र सहाश शाक्यले सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा नम्रता श्रेष्ठ र कुन्साङ तामाङले अभिनय गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन र बिकाश धमलाको सम्पादन रहेको छ ।

सुगम सङ्गीतमा आएको यस गीतमा प्रेममा समर्पण देखाइएको छ । प्रेमिकाले प्रेमीलाई तिमी पहरा भए म लहरा भई त्यसैमा लहराउन पाइरहु“ भनेका छन् । अनि कुन्साङले नम्रतालाई सितल जुन र सुन्दर फूल देखेका छन् । अनि नम्रताले आफू चौतारीको पिपल सम्झ“दै प्रेमीलाई भरपर्दो वर हो भनेकी छिन् । प्रेमी प्रेमिका नै विदेश अध्ययनमा जाने तयारीमा रह“दा प्रेमिकाको भिषा नलागेपछिको कथालाई प्रेमिल भावमा बुनेको छ । यसैले त कसिलो प्रेममा दुवैको मुटु भरिसकेकोले जिन्दगीभर स“गस“गै अघि बढ्ने भाव व्यक्त गरिएको छ, गीतमा ।

काभ्रे जिल्लाको बनेपा नगरपालिकास्थित बासडोल निवासी गायक तामाङले यसअघि न त आ“खा थाक्छन् कहिल्यै, अब पक्कै, जहाँ जहाँ बिझे पनि, कति कुरा यहाँ र ङान्नामी बासडोल नामसारी (स्थानीय टिपिकल तामाङ जुहारी) गाइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार