आठ देशका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक

काठमाडौं,
फागुन २७ ।

नेपाल सरकारले आठ देशका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक लगाउने भएको छ । विश्वभर कोरोना भाइरसको महामारी बढीरहेका बेला सरकारले आठ देशका नागरिकलाई ‘अनअराइभल’ भिसामा आजबाट रोक लगाउने भएको हो ।

अध्यागमन विभागले कोरोनाभाइरसको संक्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अनअराइभल भिसामा रोक लगाउने भएको हो । अघिल्लो साता संक्रमण धेरै देखिएका चीन, चीनका प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक लगाएको थियो ।

सोमबार पुनः कोरोनाको संक्रमण बढी देखिएका तीन देश स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक लगाउन लागेको हो । तर, यी आठ देशका नागरिकहरु नेपाल आउन चाहेमा भने कोरोनाभाइरसको संक्रमण नभएको र यात्रा गर्न सक्ने खुलाईएको प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावासको पहलमा नेपाल आउन सक्ने छन् ।

यसमा तपाइको मत

अन्य समाचार