प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं,
फागुन २१ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेबाट सुरु भएको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सफल भएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् ।

त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार