यस्तो आयो ‘नीरफूल’को ट्रेलर

काठमाडौं,
फागुन २० ।

चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । सञ्चारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’को ट्रेलर मंगलबार दरबारमार्ग स्थित क्युज चलचित्र भवनमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

चलचित्र सार्वजनिक ट्रेलरमा भुकम्पपछि एक परिवारले भोगेको कथा व्यक्त गरिएको छ । ट्रेलरमा चलचित्रका कलाकार दयाहाङ, शान्ति वाइवा, बुद्धी तामाङलगायतको दृश्य समेटिएको छ । चैत ७ देखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबालगायतको अभिनय रहेको छ ।

चलचित्रको पटथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

चलचित्रको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । निर्माताको रुपमा बेलायतबाट दीपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत रहेका छन् ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्देशक फुलमान वलले भुकम्प पछिको मानिसमा परेको प्रभाव र समस्या चलचित्रमा उतारेको बताए । ‘नेपाली चलचित्रलाई सधै समाजको बिषय समेट्न नसकेको आरोप लाग्ने गरेको छ’ निर्देशक वलले भने ‘मेरो चलचित्रमा समाजको कथा छ ।’ ‘नरफूल’सबैले हेर्नुपर्ने चलचित्र बनेको उनले सुनाए ।

अभिनेता दयाहाङ राइले चलचित्र सुटिङ समयका दुःख सुनाउदै चलचित्रको कथा र निर्माण दर्शकले खोजेजस्तै भएको बताए ।

यसमा तपाइको मत

अन्य समाचार