लवकुश गौतमलाई हरिनारायण विष्णुमाया स्मृति पत्रकारिता पुरस्कार प्रदान

झापा,
फागुन २० ।

हरिनारायण विष्णुमाया स्मृति पत्रकारिता पुरस्कार लवकुश गौतमलाई प्रदान गरिएको छ । जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान अर्जुनधारा-११ बुटाबारीले उजागर अनलाइनका प्रवन्ध निर्देशक/प्रधान सम्पादक लवकुश गौतम सहित एक दर्जन भन्दा बढि विभिन्न विधामा बिशिष्ट योगदान पुर्‍याउने व्यक्ति-व्यक्तित्वलाई सोमबार आफ्नो १० औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान तथा पुरस्कृत गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता तथा नेकपा प्रदेश नं-१ का प्रमुख सचेतक प्रदेश माननीय बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा सम्मानित हुनेहरुमा सम्पादक गौतमसहित युवा व्यवसायी केदार गिरी, साहित्यकार प्रमोद प्रधान, जेष्ठ नागरिक बलिराज इङनाम, एसईर्ई उत्कृष्ट अङ्क ल्याउने गुभाजु छात्रा अनिता श्रेष्ठ शिक्षासेवी अभिमान राई, देवी बहादुर खड्का, तोरेन्द्रमान सिंह प्रधान, देलु श्रेष्ठ, मात्रिका संग्रौला, हरिहर आचार्य, सम्भुबहादुर पोख्रेल, मोहन दुवाल, मोहन योगीलगायतलाई सम्मान गरिएको थियो । भिन्न-भिन्न क्षेत्रमारही समाजसेवामा समर्पित रहेकाले संस्थाको तर्फबाट सम्मान गरिएको संस्थाका उपाध्यक्ष भानुभक्त श्रेष्ठले जानकारी गराए ।

संयोजक डम्बरबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा सम्मानित हुनेहरुको तर्फबाट गौतमले बोलेका थिए । कार्यक्रममा विशेष अतिथी प्रदेश-१ का माननीय बृख प्रधान, आदिवासी जनजाति महासंघ नगर अध्यक्ष जगत राना मगर, नेवा देय दवू झापा जिल्ला सचिव तिलरुपा श्रेष्ठ, अध्यक्ष दिनेश शाक्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी प्रदेश माननीय राजभण्डारीले समुदायमा जातिय विभेद अन्त्य गदैँ मानिस आफ्नो थर, जात भन्दा माथि उठेर समाज र राष्ट्रको निर्माणमा एकजुट भएर जुट्नु पर्ने आवश्यकता औल्याए ।

प्रतिभा श्रेष्ठले नृत्य, बासुरी बाद्यक मातृका संग्रौलाले नाक बाट बासुरी धूनलगायत सांस्कृतिक प्रस्तुतिहरु समेत रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष भानुभक्त श्रेष्ठले गरेका थिए । कार्यक्रममा बरिष्ठ साहित्यकार चुडामणि रेग्मी, पुण्यप्रसाद खरेललगायतको अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार