काठमाडौं,
फागुन १९ ।
‘मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०१९’ की विजेता दुर्गा बिसुराल सम्मानित भएकी छन् । अर्थ एवम् सञ्चार, सुचना तथा प्रबिधि मन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय सभाकी सांसद कोमल वली लगायतले उनलाई सो सम्मान प्रदान गरेका थिए ।
जनचेतना नेपालद्वारा राजधानीको भृकुटी मण्डप स्थित प्रर्यटन बोडको सभा हलमा आयोजिक युवा अभिप्रेरण उत्प्रेरक सम्मान तथा जनचेतना नेपालको छैठौ बार्षिक उत्सवमा बिसुरालले समाजिक क्षेत्रमा पु र्ययाएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
कृषी, पर्यटन, शिक्षा, स्वस्थ्य एवम् प्रर्याबरण संरक्षण अभिनयनसँग सम्बन्धित अभियान्ताहरुको उपस्थिती रहेको कार्यक्रमको उद्देश्य युवा अभिप्रेरणा कार्यक्रमबाट बिकाश साझेदारी गर्नु रहेको आयोजकले बताए ।
सम्मानले समाज प्रति आफुलाई थप जिम्बेवार बनाउदै अझ राम्रो काम गर्न हौसला र प्रेरणा प्रदान गरेको विसुराले बताइन् ।
इप्लनेट प्रा.लि.को आयोजना रहेको सिङ्गापुरमा सम्पन्न कार्यक्रम मिसेस हेरिटेज २०१९मा बिसुरालले नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन् । उनी किसुराल रिवाज फाउन्डेसनकी अध्यक्ष समेत हुन् ।
कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार लय संग्रौला, चलचित्र कलाकार सङ्घका अध्यक्ष रबिन्द्र खड्कालगायतको उपस्थिती रहेको थियो ।






