कलाकारको स्वास्थ्य परिक्षण तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

ललितपुर
फागुन १८ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा (कलाकारहरुको नाक, कान, घाँटी जाँच) तथा बृहत साँस्कृतिक कार्यक्रम – २०७६ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा सभापति सोही समितीका अध्यक्ष सुजन बराईली रहेका थिए भने ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि, राजु ढकाल, हरी डाँगी, पिएन सापकोटा, सुजन लम्साल, उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीका अध्यक्ष तथा प्रतिनिधी लगायत थुप्रै कलाकार पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा सञ्चारकर्मी राजकुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ती’ रहेका थिए ।

निःशुल्क स्वास्थ्य शिबिर, रक्तदान तथा बृहत साँस्कृतिक कार्यक्रममा बिभिन्न कलाकारहरुले नाक, कान, घाँटी जाँच गराउनुका साथै रक्तदान समेत गरेका दिए । सो कार्यक्रमलाई सफल पार्न बिभिन्न ब्यक्ति र संघ संस्थाहरुबाट आर्थिक सहयोग समेत प्राप्त भएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीले आयोजना गरेको सो कार्यक्रममा अल्का अस्पताल प्रा. लि. र रक्त सञ्चार केन्द्र ललितपुरले बिशेष सहयोग गरेको थियो । कार्यक्रममा सहयोगीदाता, समाजसेबी, सल्लाहकार, पत्रकार, नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

यस कार्यक्रममा बिभिन्न ब्यक्तिहरुको स्वास्थ्य परिक्षण र रक्तदान गरिनुका साथै बिभिन्न साङ्गीतीक प्रस्तुतिहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार