– डा. डीआर उपाध्याय
हिउँदे झरीमा
कठ्याङृदो मध्यराती
गडगडाउदै आएको निर्दयी पहिरोमा
घरबार गाइभैसी बाख्राबाख्री
सबै गुमाएर आफू बाँचेकाहरु
सुकुम्बासीको पहिचान बोकेर
ऐलानी जग्गा खोज्दै
भौतारिएर हतभागी
हिउँदे झरिमा
राहतका गाडीबाट झरेका
त्रिपाल चाउचाउ चिउराले गरिदिए उनिहरुमा नागरिक आशाको सञ्चार
कल्पनाको कुटुरो बोकी, राती गए सपनामा
नयाँ बिहानीको मिर्मिरेमा कुखुरा बासेसँगै बिउँझिए
हिउँदे झरीमा
एकाएक गरी बिलाउँदै गए सहयोगी हातहरु
रोदन क्रन्दनमा उत्रिए कलिला आश्रितहरु
हाकिमहरुका दराजमा थन्किन थाले
सबिनय निबेदनका
खातहरु
हिउँदे झरिमा…






