काठमाडौं,
फागुन ७ ।
देवी धर्ति मगर र सुन्दर परियारको स्वरमा रहेको नयाँ लोकगीत ‘अन गर है नेट’ सार्वजनिक भएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जना रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आकर्षक रुपमा तयार पारिएको भिडियो विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको छ ।
राहुल राईको छायाँकन, वीरेन्द्र भटट विपिनको सम्पादन तथा नारायण रिजालको निर्देशन रहेको भिडियोमा पावर्ति राई, अमृत लामा, सोना लामा र सुरज पर्वत छिनालको अभिनय रहेको छ ।






