जनक र अनिताको स्वरमा ‘मुना मदन’ (भिडियोसहित)

काठमाडौं,
फागुन ५ ।

जनक विवस न्यौपाने र अनिता एन एपी चौधरीको स्वरमा रहेको गीत ‘मुना मदन’ सार्वजनिक भएको छ । जनककै शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशान एस केको निर्देशन रहेको गीतमा प्रेमी प्रेमिका बीचको माया र स्नेहलाई प्रस्तुत गरिएको छ । सिन्धुलीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको छ । भिडियोमा मोडल दिनेश कठायत काजी र अनिता एन पी चौधरीको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार