काठमाडौं,
फागुन ४ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा पहाडी क्षेत्रका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार देशका धेरै स्थानमा आंशिक र सामान्य बदली भएको छ ।
महाशाखाले आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जानकारी दिएको छ ।






